+
+

ट्वाइलेटसम्बन्धी केही रोचक तथ्य

एजेन्सी एजेन्सी
२०७९ चैत २८ गते १०:४८

दिसापिसाब बिसर्जन गर्ने शौचालयको इतिहासका बारेमा तपाईंलाई थाहा छ ? सायद यो कुरा सुन्दा अनौठो लाग्नसक्छ । ट्वाइलेटको इतिहास मोहेनजोदाडो र हडप्पा सभ्यता जत्तिकै प‍ुरानो छ ।

इतिहासकारका अनुसार मोहेनजोदाडोको उत्खननमा स्नान कक्ष तथा शौचालयका प्रमाणहरू फेला परेका छन् । त्यस्तै प्राचीन रोममा एक पटकमा धेरैजनाले दिसापिसाब गर्न मिल्ने खालका शौचालयहरू रहेको तथ्य पनि भेटिएको छ । जुन हालका सार्वजनिक शौचालयका प्राचीन रुप हुन् ।

हाम्रो दैनिक शौचको आवश्यकता पूर्ति गर्ने शौचालयका बारेमा अन्य केही अनौठा तथ्यहरू यस्ता छन् :

  • जर्मनीका अधिकांश घरहरुमा भव्य ट्वाइलेट बनाउने परम्परा छ । ती शानदार तथा निजी ट्वाइलेटमा मानिसहरुले शौच गर्दा आरामपूर्ण समय बिताउँछन् ।
  • लाओसमा आम मानिसहरु आफ्नो साथमा ट्वाइलेट पेपर राख्ने गर्दछन् । त्यहाँ शौचालयमा ट्वाइलेट पेपर राख्नुका साटो शौचालय गर्ने व्यक्तिले आफै ट्वाइलेट पेपरको जुगाड गर्ने चलन धेरै हुन्छ ।
  • सिंगापुरका ज्याक सिमले सन् २००१ को नोभेम्बर १९ मा विश्व शौचालय दिवस सुरु गरेका थिए र विस्तारै यो विश्वभर फैलियो । संयुक्त राष्ट्रसंघले सन् २०१३ मा सार्वजनिक रुपमा हरेक वर्ष नोभेम्बर १९ मा विश्व शौचालय दिवस बनाउने घोषणा गरेको थियो ।
  • सन् १९९२ मा शौचालयसम्बन्धी एक ठूलो सर्भेक्षण भएको थियो । जसमा बेलायतका सार्वजनिक शौचालयलाई सबैभन्दा दुर्गन्धित मानिएको थियो ।
  • बेलायती राजा जर्ज द्वितीयको मृत्यु ट्वाइलेटको सिटमा लडेर भएको थियो । सन् १७६० को अक्टोबर २५ मा भएको उक्त घटना बेलायतको इतिहासमा निकै चर्चित छ ।
  • न्युजिल्याण्डमा ट्वाइलेट तयार गर्न विशेष प्रविधिको प्रयोग गरिन्छ र पुनःचक्रण गरिएका सामानबाट ट्वाइलेट बनाइन्छ ।
लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?