+
+

फेयरब्रेकमा रुबिनाको सानदार प्रदर्शन, एकै खेलमा ५ विकेट र ३२ रन

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते १०:५७

२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री बेलबासले हङकङमा जारी फेयरब्रेक इन्भाइटेसनल टी-२० क्रिकेटमा सानदार प्रदर्शन गरेकी छन् ।

बार्मी आर्मीका लागि खेलिरहेकी रुबिनाले बुधबार बिहान भएको खेलमा साफिरेस वुमनविरुद्ध अलराउण्ड प्रदर्शन गरेकी हुन् ।

उनले ब्याटिङमा अविजित ३२ रन बनाउँदा बलिङमा पाँच विकेट लिइन् । रुबिनाको अलराउण्ड प्रदर्शनमा बार्मी आर्मीले साफिरेसलाई ६१ रनले पराजित गर्दै लिग चरणमा चौथो जित हात पारेको हो ।

रुबिनाले दोस्रो इनिङ्समा पाँच विकेट लिएपछि १६९ रनको लक्ष्य पछ्याएको साफिरेसलाई १५.५ ओभरमै १०७ रनमा अलआउट भयो ।

साफिरेसको टप अर्डर मिडल अर्डर ध्वस्त पार्ने क्रममा रुबिनाले उत्कृष्ट बलिङ गरिन् । नयाँ बल लिएर आएकी उनले ४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर पाँच विकेट लिइन् । उनले साफिरेसकी कप्तानी गरेकी पाकिस्तानकी भेट्रान खेलाडी साना मिरको विकेटसमेत लिइन् ।

यस्तै रुचिता भेनकाटशले दुई तथा तारा नोरिस र लाउरा कार्डोसोले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्मी आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो । बार्मीका लाउरा वलभर्टले सर्वाधिक ३९ रन बनाउने क्रममा ३२ बल खेल्दै ९ चौका प्रहार गरिन् । रुबिनाले २५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाइन् ।

सेमाइन क्याम्पबेलले १७ बलमा ३० रन जोडिन् । साफिरेसका जिभाना भरासले ४ विकेट लिइन् ।

फेयरब्रेकमा रुबिनासँगै नेपालीकी सीता राना मगरले खेलिरहेकी छन् । टोर्नोजबाट खेल्ने सीताले प्लेइङ एघारमा अवसर पाए पनि ब्याटिङ र बलिङमा खासै मौका पाएकी छैनन् ।

रुबिनाले यसअघि वारियर्स मुवनविरुद्ध एक विकेट लिएकी थिइन् । उनले अहिलेसम्म तीन खेल खेलेकी छन् ।

चार खेल खेलेकी सीताले दुई खेलमा बलिङ गर्ने अवसर पाएकी थिइन् । स्पिरिटविरुद्ध एक विकेट लिएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?