+
+

‘बुलाकी’ प्रिमियरमा कलाकार र सांसद शाही आक्रोशित, शो बाँडफाँटमा विभेद गरेको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १४:३४

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुन लागिरहेको फिल्म ‘बुलाकी’को बुधबार बेलुका रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित समारोहमा फिल्म टोलीसँगै सेलिब्रिटी सहभागी रहे । सुरक्षा पन्त, नरेन खड्का, नीता ढुंगाना, हरिहर अधिकारीदेखि राप्रपा सांसद ज्ञानेन्द्र शाहीसम्म प्रिमियरमा उपस्थित भए ।

‘बुलाकी’को प्रिमियरमा फिल्मको चर्चाभन्दा यसले प्राप्त गरेको हल शो संख्याको विषयले प्राथमिकता पायो । सांसद शाहीदेखि फिल्मका कलाकारसम्मले हलहरुले फिल्मलाई शो विभाजनमा विभेद गरेको भन्दै असन्तुष्टि जनाए । ‘पश्चिमेली भाषा हुने बित्तिकै हलले विभेद गरिएको देखिएको छ । ‘प्रकाश’ फिल्ममा ठ्याक्कै यस्तो देखिएको थियो । हलको सिन्डिकेट देखियो जुन राम्रो होइन,’ शाहीले भने ।

अभिनेता खड्का शोलाई लिएर आक्रामक सुनिए । नयाँ निर्मातालाई फिल्म उद्योगमा आउन कठिन रहेको बताउँदै उनले पुरानैको हालीमुहाली रहेको गुनासो गरे । ‘नेपालमा नयाँ मेकरलाई प्रोत्साहन दिइन्न भने किन आउने ? उहाँहरुले नै फेस्टिभल कब्जा गर्नुहुन्छ र उहाँहरुलाई पुरस्कार दिनुहुन्छ,’ उनले भने, ‘५५ वटा र ११ वटा स्क्रिनले कसरी प्रतिस्पर्धा गर्न सक्छन् ? नयाँ मेकरलाई फिल्म उद्योगमा आउन कठिन छ, यो कुरा बुझ्न मलाई १० वर्ष लाग्यो ।’

निर्देशक लक्ष्मण सुनारले हलले गरेको विभेदले नरमाइलो लागेको बताए । कर्णालीको परिवेशमा छायांकन गरिएको फिल्मले निःसन्तान भएपछि उत्पन्न सामाजिक असरसँग शीर्ष चरित्रले गर्ने संघर्षको कथा भन्छ । मुख्य भूमिकामा सुरक्षा पन्त छिन् । फिल्ममा राज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरीको समेत अभिनय छ । शुक्रबार नै दयाहाङ राई अभिनित दुई फिल्महरु जारी र बिहेपास पनि प्रदर्शन हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?