+
+

बुट्टाबारीलाई हराउँदै फिक्कलले जित्यो सन्दकपुर गोल्डकपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १९:३७

१ वैशाख, इलाम । तेश्रो सन्दकपुर गोल्डकपको उपाधि फिक्कल युनाइटेडले जितेको छ । सन्दकपुर गाउँपालिका—३ स्थित सातखाल्डे खेलमैदानमा भएको फाइनल खेलमा बुट्टाबारी युनाइटेडलाई ३—२ गोल अन्तरले हराउँदै फिक्कलले उपाधि जितेको हो ।

खेलमा सुरुवाती अग्रता फिक्कलले लिएको थियो । १२ औं मिनेटमा नयन प्रधानले सुरुवाती गोल गरेका थिए । २३ औं मिनेटमा शौरभ कार्कीले हेडर मार्फत अग्रता दोब्बर बनाए ।

खेलको ५२ औं मिनेटमा बुट्टाबारीका कप्तान रोमन खवासले पेनाल्टी मार्फत अग्रता कम पारे । ५८ औं मिनेटमा शेखर राईले खेल ३—१ बनाए ।

६६ औं मिनेटमा रोमनले पेनाल्टी मार्फत गोल थपेपनि उपाधि जित्न पर्याप्त भएन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता फिक्कलका शेखर राई घोषित भए । उत्कृष्ट डिफेन्डर आयुष क्षेत्री, उत्कृष्ट गोलरक्षक सर्जन लिम्बु घोषित भए । उनीहरुले जनही ४ हजार प्राप्त गरे ।

प्रतियोगिताको उदीयमान खेलाडी देउराली स्पोर्टिङ क्लबका निशान राई घोषित भए । देउराली स्र्पोटिङ क्लबको आयोजना र सन्दकपुर गाउँपालिकाको संरक्षक रहेको प्रतियोगितामा इलाम, झापा, ताप्लेजुङ र ललितपुरका ८ टोलीको सहभागिता रहेको थियो ।

अइन्द्र राईको अध्यक्षतामा भएको प्रतियोगितामा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको बिजेता, उपविजेता तथा व्यक्तिगत विधाका विजेतालाई प्रमुख अतिथि बस्नेत, गाउँपालिका अध्यक्ष तुला बहादुर गुरुङ, उपाध्यक्ष हरि लुङ्गेली लगायतले पुरस्कार वितरण गरे । चैत्र २४ गतेबाट प्रतियोगिता सुरु भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?