+
+

टीआरसी विधेयकको संशोधनमाथि संसदमा छलफल गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १४:०७

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मैना कार्कीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी विधेयक) माथि आफूहरुले राखेको संशोधनमाथि संसदमा छलफल गर्न माग गरेकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले ती संशोधमाथि संसदमा छलफल नभएकामा असन्तुष्टि जनाइन् । विस्तृत शान्ति सम्झौतामा ६ महिनामा आयोग गठन गर्ने र ६० दिनभित्र वेपत्ता व्यक्तिहरुको विवरण सार्वजनिक गर्ने भनिएको तर, त्यस अनुसार काम हुन नसकेको बताइन् ।

८ वर्षपछि आयोग गठन भएको र आयोगमा ६६ हजार बढी उजुरी आएको उल्लेख गर्दै उनले सरकारले हालै ल्याएको विधेयक पनि अगाडि बढ्न नसकेको बताएकी हुन् ।
प्रस्तावित विधेयकमा केही त्रुटीपूर्ण व्यवस्थाहरु प्रस्तावित गरिएको भन्दै उनले सबै सरोकारवालाहरुको राय र सुझावका आधारमा विधेयक पारित गर्नुपर्नेमा जोड दिइन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २५ गते प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गरेका थिए ।

विधेयकउपर प्रतिनिधिसभामा सैद्धान्तक छलफल सकिएको छ । सांसदहरुले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् । तर, दफावार छलफल सदनमै गर्ने कि संसदीय विषयगत समिति गठन गरेर त्यहाँ दफावार छलफल गर्ने भन्नेमा दलहरु विभाजित छन् ।

परिणाममा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढ्न सकिरहेको छैन् । यही बेला सांसद कार्कीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि नबढेकामा सदन र सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?