+
+

अब २ वटा मोबाइलमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १७:०७

३ वैशाख, काठमाडौं । मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले निरन्तर रुपमा नयाँ नयाँ अपडेट थप्ने गरेको छ ।

यसपटक ह्वाट्सएपले कम्पेनियन मोड नामक फिचर सुरु गरेको छ । यो फिचरको मद्धतले प्रयोगकर्तालाई मल्टी डिभाइस सपोर्ट प्राप्त हुनेछ । अर्थात् यसबाट प्रयोगकर्ताले एउटै ह्वाट्सएप अकाउन्ट एकभन्दा धेरै डिभाइसमा सजिलैसँग प्रयोग गर्न सक्नेछन् ।

ह्वाट्सएपले हालका लागि यो फिचरलाई बिटा टेस्टिंगका लागि जारी गरेको हो । छिटै नै सबै प्रयोगकर्ताका लागि यसको पूर्ण संस्करण ल्याउने ह्वाट्सएपले जनाएको छ ।

स्मरण रहोस् ह्वाट्सएपले हालैमात्र Contact Edit फिचर पनि जारी गरेको छ ।

के हो Companion Mode फिचर ?

ह्वाट्सएपको कम्पेनियन मोड फिचर हाल सबै एन्ड्रोइड बिटा टेस्टरहरुका लागि उपलब्ध रहेको बताइएको छ । यो फिचर एउटा ह्वाट्सएप अकाउन्टलाई एउटा अतिरिक्त फोनमा पनि लगइन गर्ने अनुमति दिन्छ ।

अर्थात् यसबाट दुईवटा मोबाइल फोनमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिनेछ । ह्वाट्सएपले पछिल्लो केही समयदेखि यो फिचरमा काम गरिरहेको छ ।

यो फिचर मल्टी डिभाइस सपोर्टको विस्तारको रुपमा रहेको छ र यसलाई एन्ड्रोइड भर्सन २.२३.८.२ का लागि ह्वाट्सएप बिटासँगै रिलिज गरिएको हो ।

यसले कसरी काम गर्दछ ?

कम्पेनियन मोड प्रयोग गर्नका लागि तपाइँले सबैभन्दा पहिले ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्सन अपडेट गर्नुपर्दछ । त्यसपछि ह्वाट्सएप खोलेर settings मा रहेको link device मा जानु पर्दछ । त्यहाँ तपाइँले एउटा नयाँ अप्सनको रुपमा secondary mobile phone देख्नुहुनेछ । तपाइँले क्यूआर कोड स्क्यान गरेर दोश्रो मोबाइल फोनमा पनि सोही ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्नुहुन्छ ।

Contact Edit फिचर

कुनै नम्बर विना नै सेभ गरिएका ह्वाट्सएपमा कसैलाई मेसेज गर्न वा सेभ गरिएका नम्बरलाई एडिट गर्नु निकै कठीन काम हो । त्यहीँ कठिनाईलाई हटाउनका लागि ह्वाट्सएपले कन्ट्याक्ट एडिट फिचर ल्याएको छ ।

यो फिचरको मद्धतबाट फोन नम्बरहरुलाई सेभ गर्नका लागि सहज हुनेछ । ह्वाट्सएपको यो नयाँ फिचर पनि बिटा भर्सनमा देखिएको छ ।

यो अपडेटसँगै अब कुनैपनि कन्ट्याक्टलाई सम्पादन गर्नका लागि ह्वाट्सएपको एपभन्दा बाहिर निस्किनु आवश्यक हुनेछैन । हालसम्म कुनैपनि फोन नम्बर वा नामलाई ह्वाट्सएपभित्रै सच्चाउन सकिने सुविधा छैन । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?