+
+

पाँचौ राष्ट्रब्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १७:३४

३ वैशाख, काठमाडौं । नेपाली युथ फिटनेश एण्ड केलिस्थेनिक्स (एनवाईएफसी)को आयोजनामा पाँचौ राष्ट्रब्यापी स्ट्रिट वर्कआउट प्रतियोगिता शनिबार नक्सालमा हुने भएको छ ।

हिमालयन क्वीस्टा प्रोको प्रमुख प्रायोजनमा नक्सालस्थित नारायण चौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

बार वर्कआउट र सर्किट वर्कआउट गरू दुई विधामा हुने प्रतियोगितामा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४० बर्ष माथिको सर्किट र यू–१६ बार गरी ५ समूहमा नेपालभरबाट ३५० देखि ४०० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसबाट छनोट भएका अन्तिम २ सय खेलाडीले फाईनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा कम समयमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विजयी घोषित गरी ‘फिटेष्ट एथलिट’ उपाधिसहित नगद ५१ हजार पुरस्कार दिइनेछ ।

विधागततर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २०, १५ र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?