+
+

मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १३:४६

५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । अन्यथा राप्रपा पनि सडक संघर्षमा जाने राप्रपाको चेतावनी छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गरेका छन् । ‘न्यायको माग गर्दै आएका मिटरव्याज पीडितहरुलाई सरकारले निर्मम ढंगले आक्रमण गरेको भन्दै उनले झडपको घटनाप्रति निन्दा र भत्र्सना गरेका हुन् ।

अध्यक्ष लिङ्देनले चेतावनी दिँदै भने, ‘सरकारले मिटरब्याज पीडितहरु र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस् । अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नातो राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्न चाहन्छु ।’

गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी (नेकपा माओवादी केन्द्र) र उसको नेतृत्व प्रधानमन्त्री भएका बेला गरिब र निमुखाहरुमाथि बर्बर आक्रमण हुनु दुखद रहेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?