+
+

एलन मस्कको कम्पनी स्टार एक्सको रकेट प्रक्षेपण अन्तिम समयमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १४:१८

५ मंसिर, काठमाडौं । विश्वका धनाढ्य एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको स्टारसिप रकेटको प्रक्षेपण अन्तिम समयमा रोकिएको छ । १ सय २० मिटर लामो विशाल रकेटमा परेको दबावको कारण इन्जिनियरहरूले पत्ता लगाउन नसकेपछि रकेट प्रक्षेपण नै रोकिएको हो । अब रकेट फेरि कहिले प्रक्षेपण गर्ने भन्ने टुंगो लागेको छैन ।

मस्कले परीक्षण उडानको तयारी भएसँगै रकेटप्रतिको अपेक्षा संयमित राख्न आग्रह गरेका थिए । परीक्षणका क्रममा असफल हुनसक्ने संभावना समेत रहेको भन्दै उनले भनेका थिए, ‘इतिहासकै शक्तिशाली रकेटको परीक्षण गर्दा यो असफल पनि हुनसक्छ । हामी निकैनै संवेदनशील हुनुपर्छ। हामीलाई केही आशंका लागेमा यसको परीक्षणको समय हामी धकेल्नेछौं ।’

इतिहासकै शक्तिशाली रकेट हेर्नका लागि मेक्सिको नजिकको तटमा हजारौँ व्यक्ति भेला भएका थिए । तर रकेट प्रक्षेपण नभएपछि उनीहरु निरास बनेर फर्केका छन् ।

तत्कालका लागि रोकिए पनि कुनै दिन यो रकेट उड्ने नै छ । स्टार एक्सले तयार गरेको रकेटलाई पुर्नप्रयोग गर्ने हिसाबले डिजाइन गरिएको छ । जेट एयरलाइन्सले एटालान्टिक पार गरेको भन्दा द्रुत गतिमा रकेटले उपग्रहरूको परिक्रमा गर्ने मस्को दाबी छ । स्टारसिपले  मानिसलाई अन्तरिक्ष यात्राको युगमा प्रवेश गराउने उनले बताउँदै आएका छन् ।

स्पेस एक्सले ९० प्रतिशत  शक्तिमा उडान भरेमा यसले ७० मेगान्युटन बराबरको बलमा उड्नेछ । यो गति भनेको उडानका बखत सुपरसोनिक विमानको गति बराबरकै हो । सबै कुरा सोचे बमोजिम भएमा स्टारसिपले मिथेन उर्जाको सहारामा ३३ वटा इन्जिनमा २ मिनेट ४९ सेकेण्डसम्म तापमान पुर्‍याएपछि यसले उडान भर्नेछ।

त्यसपछि रकेट दुईभागमा छुट्टिने छ र  अग्रभागले ६ मिनेट २३ सेकेण्डसम्म उडान भर्नेछ। यो अवधिमा रकेटकले ग्रहको सतहभन्दा माथिको १०० किलोमिटरको उडान भर्ने कम्पनीको दाबी छ। यो परीक्षणका लागि सबैभन्दा उत्साही नासा रहेको छ। नासाले स्टारसिपको नयाँ मोडल निर्माणका लागि मस्कको कम्पनीलाई ३ अर्ब डलर उपलब्ध गराएको छ । त्यस यानलाई चन्द्रमामा अवतरण गराउने नासाको योजना छ।

अन्तरिक्षा यान सम्बन्धिका प्राध्यापक ग्यारेट रेजम्यानका अनुसार मस्क सौर्यमण्डलको गहिराइमै पुग्ने महत्वाकांक्षा राखिरहेका छन् । ‘अन्तरिक्षा यानलाई नयाँ उचाइ दिन र नयाँ क्षमतामा विस्तार गर्नका लागि मस्क प्रतिबद्ध छन्। मस्कको महत्वकांक्षा हेर्दा यस्तो लाग्छ की लाखौँ मानिसलाई आफ्नो  यानमा मंगल ग्रहमा लैजाने योजना अन्तर्गत उनी काम गरिरहेका छन् ।’

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?