+
+

अविवाहित इलियानाले गरिन् ‘प्रेग्नेन्सी’ घोषणा, कट्रिनाका भाइसँग अफेयरको हल्ला

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते १७:१५

काठमाडौं । बलिउड अभिनेत्री इलियाना डिक्रुजले विवाहबिनै ‘प्रेग्नेन्सी’ घोषणा गरेकी छन् । मंगलबार बिहान उनले आफू गर्भवती भएको खबर इन्स्टाग्रामबाट सार्वजनिक गरेपछि बलिउड तरंगित बनेको छ । तरंगित बन्नुको कारण के हो भने इलियाना अविवाहित हुन् ।

पोस्ट सेयर गर्दै इलियानाले आफूले सन्तानलाई जन्म दिन लागेको भन्दै ‘गुड न्युज’ सुनाएकी हुन् । केही घण्टा पहिले इलियानाले इन्स्टाग्राममा श्यामश्वेत तस्वीर सेयर गरेकी थिइन् । पहिलो फोटोमा शिशुको आउटफिट राख्दै क्याप्सन लेखिएको छ, ‘अब वास्तविक एड्भेन्चर सुरु भयो ।’

दोस्रो तस्वीरमा एक ‘पेडेन्ट’ छ र जसमा आमा लेखिएको छ । दुवै तस्वीर सेयर गर्दै इलियानाले लेखेकी छन्, ‘चाँडै आउँदैछ लिटिल डार्लिङ । तिमीसँग मिल्नको लागि अधैर्य छु ।’ इलियानाको यो तस्वीरमा उनकी आमा सिमरा डिक्रुजले कमेन्ट लेख्दै नाति वा नातिनीको लागि स्वागतका लागि तयार भएको बताएकी छन् ।

सेलिब्रिटीसहित फ्यानले इलियानाको नयाँ जीवनको लागि बधाई दिइरहेका छन् । कमेन्ट सेक्सनमा बच्चाको पिताको नाम सोधिएको छ । उनीहरुले इलियानाको विवाहलाई लिएर प्रश्न तेस्र्याइरहेका छन् । मिडिया रिपोर्टका अनुसार इलियाना डिक्रुज अष्ट्रेलियाली फोटोग्राफर एन्ड्रयु निबोनसँग सम्बन्धमा थिइन् । दुवैले विवाह गरेको खबर पनि आएको थियो, तर २०१९ मा उनीहरु एकअर्काबाट अलग भए ।

सन् २०२२ मा इलियानाको नाम कट्रिना कैफकी कजिन र मोडल सेबास्टिन लौरेन्ट मिशेलसँग जोडिएको थियो । यो जोडीको डेटिङको हल्ला तब बाहिर आयो जब इलियाना क्याट्रिना र विक्कीसँग माल्दिभ्स छुट्टीमा गइन् । यद्यपि इलियानाले हालसम्म यस सम्बन्धको बारेमा खुलेर केही भनेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?