+
+

२० वर्षदेखि निर्वस्त्र रुपमा संसार घुमिरहेको बेलायती जोडी  !

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १४:३०

काठमाडौं । यो जोडी बिहेपछि हनिमूनमा गएको थियो र त्यहाँ नै पहिलोपटक निर्वस्त्र भएको थियो । त्यसपछि भने दुवैजनामा निर्वस्त्र भएर घुम्ने अनौठो शोख चढ्यो ।

बेलायती नागरिक फियोना र उनका पति माइकल डिस्कोमले अहिलेसम्म विश्व भ्रमणमा १९ हजार डलर भन्दा धेरै खर्च गरिसकेका छन् । उनीहरु संसारका यस्ता कुनाकाप्चामा पुग्न रुची राख्छन् जहाँ आफ्ना कपडा फुकालेर नांगै हुन पाइयोस् ।

अहिले उनीहरुले घुम्नका लागि यस्तो ठाउँको खोजी गरिरहेका छन् जहाँ रात पर्नुअगावै जिउका कपडा फुकाल्न पाइयोस् । दुवैजना करीब ५० वर्षका छन् । उनीहरु आफ्नो हनिमुन यात्राका लागि ग्रीस गएका थिए । त्यहाँ उनीहरुले निकै सुन्दर ठाउँहरुको मज्जा लिए र त्यसक्रममा जिउका कपडा निकालेर निर्वस्त्र फोटोशूट पनि गरे । त्यसयता उनीहरुको निर्वस्त्र यात्राको श्रृंखला जारी छ ।

उनीहरुले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्ना यात्राका तस्वीरहरु अपलोड गर्ने गरेका छन् । न्युड ट्राभलसँग सम्बन्धित उनीहरुको एउटा वेबसाइट पनि छ ।

डेलीस्टारको रिपोर्ट अनुसार आफ्नो हनिमुनको घटना स्मरण गर्दै फियोना भन्छिन्, ‘मलाई याद छ कि ग्रीसको त्यो सानो खाडीमा अरु एक जोडीबाहेक कोहीपनि मानिस थिएन । उनीहरु पनि निर्वस्त्र थिए । सुरुमा त हामीलार्ई निकै असहज लाग्यो । त्यसपछि भने आफ्ना सरीरका कपडा उतारेर हामी दुईपनि समुद्री किनारामा दौडिन थाल्यौँ । तब बल्ल हामीलाई स्वतन्त्रताको महसूस भयो ।’

उक्त घटनापछि आफुलाई निकै स्वतन्त्र अनुभुति भएको र आफ्नो शरीरको बनावटलाई स्वीकार गर्दै आफ्नो बारेमा अरुले के सोँच्छन् भन्ने चिन्ता गर्न छाडेको उनीहरु बताउँछन् । उनीहरु बढि भन्दा बढि नग्न हुन पाउने थाइल्याण्ड तथा ग्रीनल्याण्ड लगायतका प्राकृतिक ठाउँहरुमा पुगेका छन् ।

युवावस्थामा आफ्नो सरीरको आकारका कारण लज्जित तथा चिन्तित रहने फियोनाले अबदेखि भने आफ्नो सरीरसँग प्रेम गर्न थालेकी छिन् । यद्यपि उनीमाथि आलोचना हुन भने छाडेको छैन ।

फियोना भन्छिन्, ‘ जब तापक्रम बढ्छ, त्यसबेला हामी घरमा पनि निर्वस्त्र हुन्छौँ र सधै कपडा नलगाइकनै बस्छौँ । यो भन्दा आनन्द अरु केही छैन।’ एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?