+
+

आत्मघाती गोलमा थ्रीस्टार विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १७:२५

७ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आत्मघाती गोल मदतमा थ्रीस्टारले ३ अंक जोडेको हो ।

हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्टले पेनाल्टी चुकाउँदा अंक खोस्ने अवसर गुमायो । खे

लको १३औं मिनेटमा हिमालयन शेर्पाका सन्जित राईले गरेको आत्मघाती गोल गर्दा थ्रीस्टारले अग्रता लिएको थियो ।

थ्रीस्टारका लाकेन लिम्बुको प्रहार सन्जितको खुट्टामा लागेर गोल भएको थियो । दोस्रो हाफमा हिमालयनले बराबरी गर्ने अवसर गुमायो ।

४८औं मिनेटमा प्राप्त पेनाल्टीमा हिमालयन विश्वासको प्रहार पोष्ट माथिबाट बाहिर गएको थियो ।

जितपछि थ्रीस्टार १० खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।

आजै सातदोबाटो युथ क्लबले चर्च ब्वाइज युनाइटेडसँग खेल्दैछ र उक्त खेलमा जितेमा सातदोबाटो पुन: दोस्रो स्थानमा फर्कनेछ ।

हिमालयन शेर्पा क्लब १० खेलबाट ९ अंकसहित १३औं स्थानमै छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?