+
+

मुख्यमन्त्री अधिकारीलाई माओवादीको जवाफ : समर्थन दिन सक्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १६:५५

९ वैशाख, काठमाडौं । माओवादी केन्द्र, संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।

गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने प्रस्ताव राखेका छन् । त्यसक्रममा उनले माओवादीलाई आफैले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए ।

छलफलमा भाग लिँदै माओवादी संसदीय दलका नेता चुमानले आफ्नो दलले समर्थन फिर्ता लिएरै यो अवस्थामा आइपुगेकाले समर्थन गर्न नसक्ने बताएका छन् । उनले भने, ‘मुख्यमन्त्रीजीले जो प्रस्ताव राख्नु भएको छ, हामीले समर्थन दिनसक्ने भएन ।’

उनले यो विवादको उत्पत्ति प्रदेशमा नभई संघमा भएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन सत्ता गठबन्धनको घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य हुनुपर्ने भएपनि त्यसो नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?