+
+

आफ्नै ब्वायफ्रेण्ड घुरेको आवाज सुनाएर पैसा कमाउँदै यी युवती

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १३:५२

काठमाडौं । निद्रामा घुर्ने आफ्नो ब्वायफ्रेण्डको बानीका कारण उनी दिक्क भएकी थिइन् र रातमा राम्रोसँग सुत्न पनि पाउन्नथिन् । उनले पार्टनरको त्यो घुर्ने बानीलाई छोडाउन त सकिन् तर त्यहीँ घुर्ने समस्या नै उनको लागि अहिले पैसा कमाउने बाटो बनेको छ ।

मेक्सिकन नागरिक २६ वर्षकी एना मालफेयर र ३३ वर्षका उनका पार्टनर लुइस एकवर्ष अघिदेखि लिभइन रिलेसनमा छन् । तर सँगै बस्दै आएका आफ्ना ब्वायफ्रेण्डको निद्रामा घुर्ने बानी चाहीँ उनका लागि टाउको दुखाइ बन्यो ।

उनले लुइससँग त्यसबारेमा गुनासो पनि गरिन् । तर लुइस आफ्नो कमजोरी सहजै स्वीकार्ने पक्षमा थिएनन् । आफ्नो घुराइ खासै नराम्रो नरहेको उनको तर्क थियो । यस्तैमा एकरात एनाले लुइसको घुराइको आवाज रेकर्ड गरिन् अनि अर्को दिन त्यो भयानक आवाज लुइसलाई सुनाइन् ।

आफू घुरेको आवाज सुन्दा सुरुमा त लुइसलाई विश्वासै लागेन । आफू त्यति कर्कस तरिकाले घुर्छु भन्ने उनले कल्पना पनि गरेका थिएनन् । त्यसपछि एनाले नियमित रुपमा ब्वायफ्रेण्डको घुराइको आवाज रेकर्ड गर्न थालिन् ।

आफ्नो पार्टनरको घुर्ने बानीसँग एक वर्षसम्म संघर्ष गरेपश्चात् एनाले ती घुराइका अडियो रेकर्डहरु सार्वजनिक गर्ने निधो गरिन् । त्यसका लागि उनले आफ्ना केही संगीतकार साथीहरुसँग सम्पर्क गरिन् । उनीहरुलाई एनालाई ती आवाज स्पटीफाइमा अपलोड गर्नमा सहयोग गरे । बस्, त्यहीँबाटै एनाको आम्दानीको सुरु भयो ।

एनाका अनुसार सबै कुरा अनौठो पाराले सुरु भयो । सुरुमा त लुइसले आफु घुर्दै नघुर्ने दाबी गरेका थिए । तर अहिले चाहीँ स्पटीफाइमा उनको घुराइको आवाज दुनियाँले नै सुनिरहेको छ । आफ्नो श्रोताहरु अमेरिका, मेक्सिकोदेखि जापानसम्मका रहेको एना बताउँछिन् ।

स्नोरिंग मेसिन नामक स्पटीफाइ अकाउन्टका मासिक श्रोताको संख्या १६ हजार भन्दा धेरै छ । त्यसमध्ये सबैभन्दा लोकप्रिय संगीत चाहीँ  light snoring  छ । आफ्नो ब्वायफ्रेण्डको घुराइबाट एनाले विस्तारै पैसा कमाउन सुरु गरेकी छिन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?