+
+

कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १५:२५

१० वैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकाका ४ नम्बर वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ । नयाँ वर्षको दिनमै दुर्घटना भएर गम्भीर घाइते भएका अधिकारीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आज विहान निधन भएको कीर्तिपुरकी उपप्रमुख सुनिता शाक्यले जानकारी दिइन् । शाक्यका अनुसार आज विहान ३ बजेदेखि अधिकारीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो भने १० बजे आसपासमा अस्पातालले मृत्यु भएको औपचारिक जानकारी दिएको हो ।

१ वैशाखमा कीर्तिपुर वडा नम्बर ४ को पुष्पलाल पार्कबाट घर जाने क्रममा स्थानीय मनोज बुढाथोकीले चलाएको मोटरसाइकलमा अधिकारी दुर्घटनामा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?