+
+

‘छक्कापञ्जा ४’ ले बाँड्यो सफलताको खुसी, दीपकले भने- दर्शकको मन जित्यौं

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १३:५३

काठमाडौं । ‘छक्कापञ्जा ४’ ले बक्स अफिस सफलतालाई ‘सेलिब्रेसन’ गरेको छ । आइतबार बेलुका काठमाडौंमा आयोजित समारोहमा फिल्मको कास्ट एण्ड क्रिउ, उद्यमी, सञ्चारकर्मी उपस्थित रहे । उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा फिल्मको प्रस्तुतकर्ता आईएमईका प्रमुख चन्द्र ढकालले फिल्मलाई योगदान दिने सबैलाई सम्मानपत्र प्रदान गरे ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले केक काटेर सबैलाई चखाए । दीपाश्री निरौलासहित फिल्मका कलाकारहरु नीर शाह, निर्मल शर्मा, स्वस्तिमा खड्का, मलिना जोशी, राज आचार्य, निर्देशक हेमराज बिसी लगायत उपस्थित थिए । सफलतामा साथ दिने सबैलाई धन्यवाद दिंदै दीपकले फिल्मको कमाइ भने सार्वजनिक गर्न चाहेनन् ।

उनले हालै चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कमाइलाई लिएर कटाक्ष गरे । उनले भने, ‘जब डाटा बोल्छ, मान्छे चुप लाग्नुपर्छ । सरकारी डाटा त आइसक्या छ । त्यसपछि मैले अर्को डाटा सार्वजनिक गरें भने त्यो डाटा सही कि यो डाटा सही भन्ने बहस हुन थाल्छ । बहस नगरौं ।’

निर्देशक शिव रेग्मीको पालामा पनि फिल्मले ५१–५२ दिन मनाउने गरेको स्मरण गर्दै दीपकले कसैलाई जित्न नभई मन जित्न आएको प्रतिक्रिया दिए । ‘हाम्रो फिल्मले माया र कमाइ गर्न सफल भएको छ । कसैलाई जित्न आएको होइन, मन जित्न आएका हौं, जित्यौं,’ उनले भने ।

छक्कापञ्जाको पाँचौं श्रृंखलालाई केही वर्ष ग्याप राखेर त्यसअघि संयुक्त लगानीका केही प्रोजेक्ट र अन्य व्यापारमा पनि काम गर्न सकिनेबारे दीपक–दीपाले सोचिरहेका छन् । केही टाइटल चलचित्र विकास बोर्डमा दर्ता भइसकेपनि यसबारे निधो छैन । दीपकले हालै निश्चल बस्नेतको आगामी प्रोजेक्ट दिमाग खराबमा पनि काम गर्ने चर्चा चलेको थियो, जसलाई दीपकले अस्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?