+
+

बारा २ मा फेरि उपेन्द्र यादवलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १७:२७

११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतगणनामा पुन: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् ।

सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् । मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?