+
+

तनहुँ १ मा स्वर्णिम वाग्लेलाई १० हजार मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १९:३७

११ वैशाख, तनहुँ । तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको मतान्तर कायम गरेका छन् ।

सोमबार साँझ सार्वजनिक मत विवरण अनुसार वाग्लेले २२ हजार ८२ मत पाएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ६४२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ४५८ मत पाएका छन् ।

तनहुँ १ को आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाको सबै मत गणना भइसकेको छ । बन्दीपुर गाउँपालिकाको वडा नं १ देखि ४ सम्मको मतगणना सकिएको छ भने व्यास नगरपालिकाको पनि वडा नं १ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?