+
+

‘प्रसाद २’ को प्रिमियरमा सेलिब्रिटी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १२:४५

काठमाडौं । फिल्म ‘प्रसाद २’ लाई सोमबार बिग मुभिज मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । फिल्म हेर्न कास्ट एण्ड क्रिउ तथा सेलिब्रिटी पुगेका थिए । विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, रेखा थापा, पूजा शर्मा, दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला, धीरज मगर, जसिता गुरुङ, भुवन केसी लगायत पुगेका थिए ।

निर्माताको निम्तोमा प्रिमियरमा पुगेका अधिकांश सञ्चारकर्मी, प्रदर्शक, निर्माता फिल्म नहेरिकनै फर्किएका थिए । मिडियालाई प्रिमियरमा प्राथमिकता नदिएको भन्दै केही सञ्चारकर्मीले असन्तुष्टि व्यक्त गरे । फिल्म हलका सुरक्षागार्डले केही सञ्चारकर्मीलाई फर्काएका थिए । चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटाले प्रिमियरमा मिडियालाई प्राथमिकता नदिएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।

फिल्म हेरेर शो तय गर्ने उद्देश्यले आएको क्यूएफएक्सको टोली पनि फर्किएको थियो । यसबारे निर्देशक सुदर्शन थापा र वितरक गोपाल कायस्थलाई सोध्दा उनीहरुले कुनै प्रतिक्रिया दिएनन् । आगामी शुक्रबारदेखि प्रदर्शन हुने जनाइएको ‘प्रसाद २’ले अन्तरजातीय विवाह सम्बन्धले सिर्जना गरेको सामाजिक अन्तसंघर्षको कथा पेश गर्छ ।

फिल्म हेरेका सेलिब्रिटीले सकारात्मक प्रतिक्रिया दिएको विवरण सामाजिक सञ्जालमा आएका छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?