+
+

धनराज गुरुङको प्रस्ताव : बाँदर निर्यात गरिदिए कसो होला ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १५:०२

१२ वैशाख, काठमाडौं। सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

गाउँघरमा बाँदर आतंक फैलिएको किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरले खाइदिने गरेको भन्दै उनले त्यसलाई निर्यात गर्दा मुलुकलाई फाइदा हुने बताए ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अष्ट्रेलियाले पनि राष्ट्रिय जनावर कंगारु लाखौंको संख्यामा मारेको र त्यसको छाला निर्यात गरेको बताए ।

‘श्रीलंकाले हालसालै एक लाख बाँदरहरु निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय हाम्रा गाउँहरुमा पनि अहिले बाँदर आतंक मच्चिएको छ ।

बाँदर आतंक फैलिएको छ’ गुरुङले भने, ‘हामीले भन्दैछौं-खेतबारी बाँझो राख्नु हुँदैन । कृषिमा आधुनिकीकरण गरौं । कृषिमा बैज्ञानिकीकरण गरौं । हामी एकातिर भन्दैछौं । अर्कोतर्फ किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । …हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ?’

बाँदर निर्यातको कुरा गर्दा जैविक विविधताको कुरा उठाएर डलरबादीहरु चिच्याउने हुन् कि भन्ने आशंका रहेको पनि गुरुङले बताए ।

‘तैपनि बाँदर आतंकलाई अन्त्य गर्र्नुछ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरि ठिकै हुन्छ जस्तो लाग्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?