+
+

वैदेशिक अध्ययनसम्बन्धी निर्देशिका खारेज गर्न शैक्षिक परामर्श केन्द्रहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १८:३९

१४ वैशाख, काठमाडौं । शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ खारेज गर्न माग गरेका छन् । विद्यार्थीहरुले रोजेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रममा रोक लगाउन सक्ने भएकाले सरकारकाले हालै ल्याएको निर्देशिका खारेज गर्नुपर्ने उनहिरुको भनाइ छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श केन्द्रका प्रतिनिधिमूलक संगठनहरुले विदेश पढ्न जानेहरुका लागि विदेशका विश्वविद्यालय, शैक्षिक संस्था, शैक्षिक कार्यक्रमहरु सूचीकृत गर्ने समितिमा शैक्षिक परामर्श केन्द्रहरुको प्रतिनिधित्व नगराइएकामा आपत्ति जनाए ।

ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले वैदेशिक अध्ययन परामर्श केन्द्रहरु सूचीकृत गर्ने समितिमा प्रतिनिधित्व गराउन नचाहनुले निर्देशिका सही मनसायबाट ल्याएको नदेखिएको बताउँछन् ।

उनी भन्छन्, ‘जसले अहिलेसम्म वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुको सहजीकरण गरिरहेका छन्, उनीहरुको आवश्यकता, समस्या बुझेर हल गर्न सहयोग गरिरहेका छन् तिनैको प्रतिनिधित्व नहुनु भनेको राम्रो मनसाय होइन ।’ सरकारले निश्चित विश्वविद्यालय, शैक्षिक संस्था तथा शैक्षिक कार्यक्रम तोकेर विद्यार्थीको रुची, चाहना र आवश्यकतालाई बन्देज लगाउन खोजेको उनले तर्क गरे ।

सरकारले विद्यार्थीलाई सहजीकरण गर्न भन्दा कसरी रोक्न सकिन्छ भन्नेमा मात्रै केन्द्रित भएको निर्देशिकाले स्पष्ट पारेको नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ तदर्थ समितिका संयोजक राजेन्द्र बरालले बताए ।

उनले भने, ‘यो निर्देशिकाले विद्यार्थीको चाहना, रुचि अनुसार अध्ययन गर्न जाने अधिकार बञ्चित गर्न खोजिरहेको देखिन्छ त्यसैले यो खारेज हुनुपर्छ कि त डिप्लोमा, प्रि डिप्लोमाको लागि संशोधन भएजस्तै पूर्ण रुपमा संशोधन हुनुपर्छ नभए हामी आन्दोलन गर्न बाध्य हुनेछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?