+
+
एसीसी प्रिमियर कप सेमिफाइनल :

वर्षाले प्रभावित भएपछि नेपाल र कुवेतको खेल ४२ ओभरमा घटाएर सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १६ गते १३:१९

१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत पहिलो सेमिफाइनल खेल पुन: सुरु भएको छ । वर्षाका कारण रोकिएको नेपाल र कुवेतको खेल टीयु मैदानमा पुन: सुरु भएको हो ।

वर्षा भएपछि २३.२ ओभरमा खेल रोकिएको थियो । अहिले खेल  ४२ ओभरमा घटाएर सुरु गरिएको छ । टस हारेको नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।

क्रिकेटप्रति टीयू मैदानमा दर्शकको क्रेज देखिएको छ । खेल चलिरहेका बेला वर्षा भए पनि दर्शकहरू बाहिरिएका छैनन् । मैदानमा दर्शकको भीड छ ।्

फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?