+
+

टीयू मैदानमा क्रिकेट प्रेमीहरू (तस्वीरसहित)

शंकर गिरी शंकर गिरी
२०८० वैशाख १६ गते ११:१६

१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज दुईवटै सेमिफाइनल खेल भइरहेका छन् ।

पहिलो सेमिफाइनल खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र कुवेतबीच भएको छ । टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ ।

क्रिकेटप्रति टीयू मैदानमा दर्शकको क्रेज देखिएको छ । खेल चलिरहेका बेला वर्षा भए पनि दर्शकहरू बाहिरिएका छैनन् । मैदानमा दर्शकको भीड छ ।

नेपालले २३.२ ओभर खेल्दा वर्षाका कारण खेल रोकिएको छ । नेपालले ३ विकेट गुमाएर १४१ रन बनाएको छ । अहिले वर्षा रोकिएको छ । पुन: खेल सुरु गर्ने तयारी भइरहेको छ ।

अर्को सेमिफाइनल खेल मुलपानीको मैदानमा यूएई र ओमानबीच भइरहेको छ ।

फाइनल पुग्दै उपाधि जित्ने टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?