+
+

भक्तपुरमा खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते १६:१४

१७ वैशाख, काठमाडौं । भक्तपुरको गोल्मढीस्थित भक्तपुर युवा टिमको आयोजनामा स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्‍यापिड बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

जेठ १२ र १३ गते भक्तपुरमा हुने प्रतियोगिताका खेल १५ मिनेट १० सेकेन्डको हुने आयोजकले जनाएको छ ।

आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार दिइने छ ।

चौथौ हुनेलाई आठ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंच हजार नगद पुरस्कारको व्यवस्था छ ।

भक्तपुरकै एउटा पुरानो खेलकुद संस्था मानिएको भक्तपुर युवा टिमले प्रत्येक वर्ष भक्तपुर कप खुुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?