+
+

दोलखामा अन्तर्राष्ट्रिय बुद्धिचाल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १७ गते २०:३३

१७ वैशाख, काठमाडौं । दोलखा चेस होम क्लबको आयोजनामम यही जेठ ५ देखि ९ गतेसम्म दोलखाको चरिकोटमा दोलखा ओपन अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

आदर्श पुरुष स्वच्छ व्यक्तित्व पुर्व मन्त्री समेत रहेका भीमबहादुर तामाङको स्मृतिमा हुने प्रतियोगितामा कुल ४ लाख ८३ हजार नगद पुरस्कार रहेको छ।

दोलखास्थित कालिन्चोक सेकेण्डरी स्कूलमा हुने प्रतियोगिताका बिजेता खेलाडीलाई १ लाख, उप बिजेतालाई ६० हजार र तेस्रो हुनेलाई ४० हजार प्रदान गरिनेछ। त्यस्तै चौथोले २५ हजार पाँचौले २० हजार ,पाँचौले १५ हजार , छैटौंले १० हजार हात पार्ने छ भने सातौ देखि दशौसम्मले जनही ७ हजार ५०० सय प्राप्त गर्नेछ ।

स्वीस लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधामा गरि ४७ जना खेलाडीले नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलंका, फ्रान्स र अमेरिकाको सहभागीता निश्चित भइसकेको छ ।

नेपालका शीर्ष खेलाडीहरु नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल, फिडे मास्टर क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियनहरु बद्रीलाल नेपाली, सुरवीर लामा, पुरुषोत्तम चौलागाईं लगायतका खेलाडीहरुको सहभागीता रहने छ ।

यस्तै  प्रतियोगितामा वोमेन फिडे मास्टर नेपाल च्याम्पियन सुजना लोहनीको पनि सहभागीता रहने आयोजकले जनाएको छ । अनुमानित १५० जना खेलाडीहरुको सहभागीता रहने प्रतियोगिता संचालनको लागि १५ लाख खर्च लाग्ने आयोजक क्लबका अध्यक्ष गोविन्दमान श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?