+
+

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेल मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २० गते ८:३२

२० वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनी अनमोल फिड्सका सञ्चालक हुन् । कँडेल झुण्डिएको कोठामा सुसाइड नोटसमेत भेटिएको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

कँडेल साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको छ ।

उनी नेपाली कांग्रेस चितवनको यसअघिको कार्यकालमा कोषाध्यक्ष भएका थिए । अहिले महासमिति सदस्य थिए ।

पछिल्लो समय चितवनको पोल्ट्री क्षेत्रमा संकट आएसँगै उनले अनमोल फिड्स बेचेका थिए । दाना, ह्याचरी र कुखुरा फार्म सञ्चालन गरेका कँडेल सामाजिक व्यक्तित्वका रुपमा समेत जिल्लामा परिचित छन् ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष तथा पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले कँडेलको निधनले नेपालको पोल्ट्री व्यावसायमा ठूलो क्षति भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?