+
+

अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिनु राम्रो हुन्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:४९

२१ वैशाख, धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादी पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने बताएका छन् ।

अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णयप्रति टिप्पणी गर्दै उनले रोजगारी र ऋण उपलब्ध गराउँदा राम्रा हुने बताएका हुन् ।

धनगढीमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष नेपालले भने, ‘यसबारे कुरा उठेकै हो । यस्तो बेला पैसा दिनुपर्ने कुनै विषय नै छैन । पीडितहरुलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’

मुलुक आर्थिक संकटले गुजि्ररहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको बताए ।

अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आवद्ध दलहरु गम्भीर भएको दाबीसमेत गरे ।

‘अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने भन्नेबारेमा हाम्राबीचमा गम्भीर रुपमा छलफल भइराखेकै छन्,’ नेपालले भने, ‘नयाँ ढंगले सोच्नुपर्ने भएको छ । कम खर्च कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ । पैसा बाँड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ ।’

अर्काे ए प्रसंगमा उनले नेपालले पूराना राजनीतिक दल सच्चिनु पर्ने बताए । नयाँ दलले पनि फुरुङ्ग भइहाल्न नहुने उनको भनाइ छ । ‘हामी पुराना दलहरु सच्चिनु पर्छ । नयाँ भनेर पनि फुरुङ्ग हुनुहुँदैन,’ नेपालले भने, ‘विगतमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?