+
+

संकटालाई हराउँदै मछिन्द्र लिगको पाँचौ स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १७:५१

२१ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लबले संकटा एफसीलाई हराउँदै अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

आज बिहीबार दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र ३–१ ले विजयी भएको हो । उसका लागि देवेन्द्र तामाङ, विमल घर्ती मगर र ओलावाले आफिजले गोल गरे ।

खेलको चौथो मिनेटमै मछिन्द्रलाई देवेन्द्र तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । पुजन उपरकोटीको प्रहार गोलरक्षक टिकेन्द्र थापाले समाउन नसक्दा फर्किएको बललाई देवेन्द्रले पोष्टको दिशा दिएका हुन् ।

खेलको १९ औं मिनेटमा निशेन सुब्बाको क्रसमा विमल घर्ती मगरले हेडर गोल गर्दै अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा सौरभ लिम्बुको पासमा ओलावाले आफिजले संकटाका गोलरक्षक टिकेन्द्रलाई वान भर्सेस वानमा बिट गर्दै गोल गरे ।

खेलको ७८ औं मिनेटमा संकटाका लागि जुनियर एन्कंगेले निशान खड्काको क्रशमा सान्त्वना गोल फर्काए ।

यस जितसँगै मछिन्द्र २१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । मछिन्द्रले १४ खेलमा ५ जित, ६ बराबरी र ३ हारको नतिजा निकालेको छ ।

संकटा भने छैटौं हारसँगै ११ औं स्थानमा छ । संकटाको ४ जित र ४ बराबरीले सहित १६ अंक रहेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा भने एपीएफ र एनआरटीले अंक बाँडेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?