+
+

महागढीमाई नगरपालिकामा गठबन्धनका नेतालाई प्रवेश निषेध !

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:२९

२१ वैशाख, काठमाडौं । बाराको महागढीमाई नगरपालिकाले सत्तारुढ गठबन्धनका नेताहरुलाई प्रवेश निषेधको घोषणा गरेको छ । नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले यस्तो घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका यादवले तीन महिना भन्दा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा नभएको भन्दै संघीय सरकारले बेवास्ता गरेका कारण प्रवेश निषेध गरेका बताए ।

‘अहिले पनि प्रमुख प्रशासकीय अधिकृतको अत्तोपत्तो छैन, नगरपालिकाको कामकाज बन्द हुनका साथै कर्मचारी लगायत स्थानीयवासीहरुको जीवन कष्टकर हुने अवस्था छ,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन् । नगरपालिकाको अवस्था दयनीय हुँदा पनि सत्ता गठनबन्धनका नेताहरुले चासो नदिएकोले गढीमाई मन्दिर र नगरपालिकामा प्रवेश निषेध गर्ने घोषणा गरेको यादवले बताएका छन् ।

उनका अनुसार नगरपालिकाले गर्नुपर्ने भुक्तानी, कर्मचारी र शिक्षकलाई दिनुपर्ने तलब समेत दिन सकेको छैन । नगरपालिकाका सूचना अधिकारी कृष्ण सर्राफले ३ महिनादेखि प्रशासकीय प्रमुख नहुँदा बिल, तलब लगायत सबै रोकिएको बताए ।

‘नगरपालिकाका कर्मचारी, शिक्षकहरुले तलब पाउने कुरा त परै जाओस्, बजेट बनाउने समय आउँदा पनि चालु आर्थिक वर्षको भुक्तानी भएको छैन’ उनले भनेका छन् । नगरपालिकाले समयमै तलब नदिएपछि कर्मचारी र शिक्षकहरुले काम ठप्प पार्ने धम्की दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?