+
+

कोशीका प्रदेश प्रमुखले भने : संविधान र अभ्यास हेरेर निर्णय गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १६:०३

२६ वैशाख, विराटनगर । एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको आह्वान गर्न आग्रह गरेपछि कोशीका प्रदेश प्रमुख परशुराम खापुङले संविधान र यसअघिका अभ्यास हेरेर निर्णयमा पुग्ने जवाफ दिएका छन् ।

बुधबार एमाले र माओवादी केन्द्रका संसदीय दलका नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएका कारण मंगलबार राति नै पदमुक्त भएको जिकिर गरेका छन् । उनीहरुले अब नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै प्रदेश प्रमुखलाई पत्र लिएका छन् ।

पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले यस विषयमा अध्ययन गरेर निर्णय गर्ने जवाफ दिए । ‘अब यो पत्रलाई आधार मानेर नेपालको संविधान, प्रचलित ऐन कानुन र अभ्यासलाई मध्यनजर गर्दै हामीले अध्ययन गर्नुपर्ने हुनाले आज यहाँहरुलाई चिया पनि नखुवाई बिदाइ दिन चाहन्छु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?