+
+

कोशीमा एमालेका राम राना र माओवादीका गणेश उप्रेती मन्त्री बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १७:३४
राम राना र गणेश उप्रेती

२७ वैशाख, विराटनगर । कोशी सरकारमा पहिलो चरणमा नेकपा एमालेका राम राना र नेकपा माओवादी केन्द्रका गणेश उप्रेती मन्त्री बन्ने भएका छन् ।

एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषदमा बिहीबार एमाले र माओवादी केन्द्रका एक एक जना मन्त्री सहभागी हुने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

एमाले संसदीय दलका उपनेता राना यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । तर त्यतिबेला कांग्रेस र माओवादी पनि मन्त्रिपरिषदमा सामेल भएपछि एमालेले सरकार छाडेको थियो ।

गणेश उप्रेती पनि केदार कार्की नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री थिए । २६ चैतमा एमाले र माओवादीले केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि उप्रेतीले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?