+
+

कांग्रेस पदाधिकारी बैठक ४ बजे बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २२ गते १४:३८

२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज शुक्रबार ४ बजे बस्ने भएको छ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।

बैठकमा नेविसंघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यी तीन भातृ संस्थामा हाल अध्यक्ष मात्रै छन् ।

नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?