+
+

नेपाली नागरिकता लिएको आरोपमा १० भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २४ गते १३:४९

२४ वैशाख, काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले १० जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा भए पनि उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको पाइएको छ । प्रहरीले तीन महिना लामो अनुसन्धानपछि उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरेको हो ।

उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु नेपालमा नै विभिन्न व्यवसाय गर्नेहरु रहेको एसएसपी केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?