+
+

उल्भसको पोस्टमा डर्टमन्डको आधा दर्जन गोल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते ७:११

२५ वैशाख, काठमाडौं । जर्मन बुन्डेश लिगामा बोरुसिया डर्टमन्डले उल्भसको पोस्टमा आधा दर्जन गोल गरेको छ ।

यो जितसँगै डर्टमन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी एकमा झारेको छ ।

घरेलु टोली डर्टमण्डले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गरेको थियो । पहिलो हाफको १४ औं मिनेटमा करिम एडेमीको गोलबाट डर्टमन्डले अग्रता लिएको थियो ।

त्यसपछि २८ औं मिनेटमा सेबास्टिय होला र ३७ औं मिनेटमा डनवेल मालेनले गोल थपे । ५९ औं मिनेटमा एडेमीले व्यक्तिगत दोस्रो गोल गरे । यस्तै ५४ र ८६ मिनेटमा युवा खेलाडी जुड बेलिङघमले गोल थपेपछि बोरुसिया डर्टमन्ड ६-० ले विजयी भयो ।

जितसँगै डर्टमन्डले ११ वर्षपछि उपाधि होड कायमै राखेको छ । समान ३१ खेल खेल्दा डर्टमण्डको ६४ अंक र शीर्षस्थानको बायर्नको ६५ अंक छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?