+
+

कालीकोटमा बलात्कार आरोपी पक्राउ गर्दा प्रहरीमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १३:१९

२५ वैशाख, सुर्खेत । कालीकोटमा जबर्जस्ती करणीको आरोप लागेका एक अभियुक्तलाई पक्राउ गर्न जाँदा पीडित परिवार र प्रहरीमाथि कुटपिट भएको छ ।

जबर्जस्ती करणीका आरोपी पलाँता गाउँपालिका–६, सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएका प्रहरी र पीडित परिवारमाथि गाउँलेले आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठका अनुसार सोमबार विहान साढे ६ बजे बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्ला सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरी र पीडित महिलाका परिवारमाथि आक्रमण गरेका थिए ।

गाउँलेहरुको आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र पीडित परिवारका सदस्य घाइते भएको एसएसपी श्रेष्ठले जानकारी दिए । ‘दुबैजना सामान्य घाइते छन्, उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ’ श्रेष्ठले भने ।

बलात्कार आरोपी बुढा हतकडीसहित फरार भएको र उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेका आरोप छ । पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

त्यसयता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि प्रहरीले सोमबार विहान ४ बजे उनलाई पक्राउ गर्न चार जना प्रहरी टोली खटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?