+
+

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतबाटै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १६:०३

२६ वैशाख, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ परेका छन् ।

आफू जोडिएका दुईवटा मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई प्रहरीले अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर पक्राउ गरेको हो ।

इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गर्दै उनी पक्राउ परेको पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘ पक्राउ पर्नु सामान्य हो।’

इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता फवाद चौधरीले अदालत परिसरबाटै खान पक्राउ परेको बताएका छन् ।

‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाटै उठाइएको छ। वकिल र आम जनतालाई पीडा दियो।  इमरान खानलाई अज्ञात मानिसले अज्ञात लोकेशनमा लिएर गए। इस्लामावाद हाइकोर्टका मुख्‍य न्यायाधीशले गृह सचिव तथा आइजीलाई १५ मिनेटभित्र अदातमा पेश हुन आदेश दिएका छन्’ फारुकले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?