+
+

विश्वचर्चित पंक-रक ब्याण्ड सम फोर्टिवान विघटनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते १७:२१

काठमाडौं । विश्वभरका फ्यानलाई स्तब्ध पार्ने एक घोषणा गर्दै पंक-रक ब्याण्ड ‘सम फोर्टिवान’ले आफू अलग हुने जनाएको छ । आगामी विश्व टुरपछि आफूहरु सधैंका लागि अलग हुन लागेको यो क्यानडेली ब्याण्डले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आफ्नो शक्तिशाली लाइभ कन्सर्ट र मनछुने गायकीबाट विश्वभरका फ्यानको हृदय जितेको यो ब्याण्डले २७ वर्षपछि यात्रा टुंग्याउन लागेको हो । यो निर्णयलाई ब्याण्ड र उसप्रति समर्पित फ्यान दुवैका लागि एक युगको अन्त्यको रुपमा हेरिएको छ ।

सन् १९९६ मा क्यानडाको ओन्टारियोमा गठन भएको यो ब्याण्डले ऊर्जाशील प्रस्तुति, पंक ध्वनि, पप-पंक, हेभी मेटलका तत्वहरु मिसाउँदै संगीतप्रेमीलाई अलग मिठास पस्किएको थियो । ब्याण्डको पहिलो एल्बम ‘अल किलर नो फिलर’ सन् २००१ मा रिलिज भयो । पहिलो एल्बमले नै ब्याण्डलाई अन्तर्राष्ट्रियस्तरमै प्रसिद्धि दिलायो ।

उक्त एल्बममा समावेश गीतहरु ‘फ्याट लिप’ र ‘इन टु डीप’जस्ता गीत निकै हिट रहे, जसले त्यतिबेलाका संगीतप्रेमी पुस्ताको मन जित्यो । जसकारण सन् २००० को सुरुवातमा यो ब्याण्डकै विश्वकै अग्रणी ब्याण्डमध्येको एक बन्यो ।

सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, ‘सन् १९९६ देखि सम फोर्टिवान हुनुले हाम्रो जीवनमा केही उत्कृष्ट पल ल्याएको छ । हामी हाम्रा पुराना र नयाँ फ्यानप्रति सधैं आभारी छौं, जसले हामीलाई हरेक तरिकाले साथ दिनुभएको छ । यो व्यक्त गर्न गाह्रो छ, हामी सबैको लागि माया र सम्मान छ र हामी चाहन्छौं कि तपाईंले यो पहिले हामीबाट सुन्नुहुनेछ । अब सम फोर्टिवान विघटन हुँदैछ । हामी अझै पनि यस वर्ष हाम्रा सबै आगामी भ्रमण मितिहरू समाप्त गर्दैछौं र हामी हाम्रो रिलिजको लागि तत्पर छौं । अन्तिम एल्बम हेभन एक्स हेल मनाउन हामी अन्तिम विश्व टुर गर्न चाहन्छौं । विस्तृत कुरा हामीसँग हुने बित्तिकै घोषणा गरिनेछ । अहिलेको लागि, हामी तपाईं सबैलाई कन्सर्टमा हेर्न आतुर छौं । भविष्यले हामी प्रत्येकको लागि के ल्याउनेछ, त्यो जान्न उत्साहित छौं । २७ वर्षको साथका लागि सम फोर्टिवान धन्यवाद व्यक्त गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?