+
+

सुनको मूल्य ४०० रूपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १२:१०

२७ वैशाख, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार २ सय र  तेजावी सुनको मूल्य १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने २१ वैशाखयता स्थिर छ । बुधबार चाँदी प्रतितोला १ हजार ४४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?