+
+

देउवाले गरे खाँण निकटका नेताहरुसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २७ गते १४:१५

२७ वैशाख, काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गरेका छन् ।

देउवाले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतसँग छलफल कांग्रेस स्रोतले जानकारी गराएको छ ।

सभापति देउवाले छलफलमा बोलाएका नेतामध्ये खड्काबाहेक अरु खाँण निकटका व्यक्ति हुन् । सभापति देउवासँग नेताहरुले दुई घण्टा बढी धुम्बाराहीमा छलफल गरेका हुन् ।

तरुण दलमा खाँणको बलियो पकड रहेको छ । देउवाले विगतमा तरुण दलका वर्तमान र पूर्व अध्यक्षहरुलाई बोलाएर छलफल गरेका हुन् ।

छलफलमा सहभागी तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले भने देउवासँगको भेटघाट मंगलबार नै तय भएको बताए । उनले तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको भन्दै खाँणका विषयमा कुराकानी नभएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?