+
+

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनको प्रदर्शन

शंकर गिरी शंकर गिरी
२०८० वैशाख २७ गते १७:०८

२७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने र अन्य भ्रष्टाचारमा संलग्नलाई कारबाहीको माग गर्दै बृहत् नागरिक आन्दोलनले काठमाडौंमा आज प्रदर्शन गरेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाउँदै ठग्नु र मानव तस्करी गर्नु संगठित अपराध भएको भन्दै आन्दोलनले संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न माग गरेको हो ।

अमेरिका लैजाने नाममा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने र मानव तस्करी गर्ने गिरोहको रूपमा रकम असुलीमा संलग्न पूर्वमन्त्री, सांसद तथा उनीहरूका परिवारका सदस्य र कर्मचारीलाई संरक्षण गर्न दलका नेतृत्वबाट ढाकछोप भइरहेको भन्दै नागरिक आन्दोलनले खबरदारी पनि गरेको छ ।

प्रदर्शनमा सहभागीहरुले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पुर्‍याउन पनि माग गरेका छन् ।

उनीहरुले राजनीतिक नेतृत्वको दबावमा नझुक्न प्रहरीलाई आग्रह गरेका छन् ।

हेर्नुहोस् भद्रकालीमा भएको प्रदर्शनका तस्वीरहरू :

 

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?