+
+

कांग्रेस तीन नेताको प्रधानमन्त्रीलाई सुझाव : खुट्टा नकमाउनु होला

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २९ गते १६:५९

२९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् ।

महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री र कांग्रेसका तीन नेताहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरण र कोशी सरकारका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

कांग्रेसका तीन नेताले प्रधानमन्त्री प्रचण्डलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन सुझाव दिएका थिए । कांग्रेस नेताहरुले दोषीलाई उन्मुक्ति नदिन सुझाव दिएका थिए ।

साथै, उच्च ओहोदाका कुनै पनि व्यक्तिसँगको भेटघाटले यस प्रकरणलाई प्रभावित नहोस भनी प्रधानमन्त्रीको ध्‍यानाकर्षणसमेत गराएका थिए ।

प्रधानमन्त्रीको छलफलमा कोशीमा गठबन्धनको सरकार विषयमा पनि छलफल भएको थियो । कोशीमा केन्द्रको गठबन्धन अनुसारको सरकार बनाउने विषयमा समन्वय र छलफल गर्न कांग्रेस शीर्ष नेताले थापा, शर्मा र आङ्देम्बेलाई जिम्मेवारी दिएको छ । कोशीमा एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्नुअघि कांग्रेस नेताहरुले भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?