+
+

बालकृष्ण खाँणको क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३० गते १०:३१

३० वैशाख, काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो ।

खाँणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् ।

यो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?