+
+

चेल्सीले सिजन सकिएपछि पोचेटिनोलाई नयाँ म्यानेजर नियुक्त गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३१ गते १६:३२

३१ वैशाख,  काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले यस सिजन सकिएपछि टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई नयाँ म्यानेजर नियुक्त गर्ने भएको छ ।

चेल्सीले पोचेटिनोसँग यस सम्बन्धी सहमति गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्  । पोचेटिनोले सिजन सकिएपछि लण्डन क्लब चेल्सी जानेछन् ।

फ्रांक लाम्पार्ड यस सिजनको अन्त्यसम्म अन्तरिम म्यानेजर नै रहनेछन् । लगातार छलफलपछि पोचेटिनो चेल्सीको म्यानेजर बन्न सहमत भएको गार्डियनले जनाएको छ ।

प्रिमियर लिगकै साउथह्याम्पटनको प्रशिक्षक रहिसकेका पोचेटिनो गत वर्ष पेरिस सेन्ट जर्मेन छाडेपछि काम विहीन छन् ।

५१ वर्षीय अर्जेन्टाइन पोचेटिनोले सन् २०१४ देखि २०१९ सम्म टोटनहमको प्रशिक्षकको रुपमा काम गरेका थिए जहाँ उनले टोटनहमलाई सन् २०१९ च्याम्पियन्स लिगको फाइनलमा समेत पुर्‍याएका थिए ।

पोचेटिनो पछिल्लो पाँच वर्षमा चेल्सीको स्थायी म्यानेजर बन्ने छैटौं प्रशिक्षक हुनेछन् । चेल्सीले यस सिजन थोमस टुचेल र ग्राहम पोटरलाई बर्खास्त गरेको थियो । पोटरलाई बर्खास्त गरेपछि चेल्सीले अप्रिलको सुरुमा लाम्पार्डलाई अन्तरमिम म्यानेजसर बनाएको थियो ।

यस्तै टोड बोएहली क्लेएरलेकको स्वामित्वमा आएपछि पोचेटिनो स्थायी म्यानेजर बन्ने तेस्रो प्रशिक्षक हुनेछन् ।

यस सिजन खराब प्रदर्शन गरिरहेको चेल्सी ३५ खेलबाट ४३ अंकसहित ११औं स्थानमा छ ।

चेल्सी एफए कप र लिग कप दुवैको तेस्रो चरणमा म्यानचेष्टर सिटीसँग पराजित हुँदै बाहिरिएको थियो ।

यस्तै च्याम्पियन्स लिगमा क्वाटरफाइनलमा रियल मड्रिडसँग पराजित भएपछि अर्को सिजन च्याम्पियन्स लिग खेल्ने चेल्सीको सम्भावना समेत समाप्त भएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?