+
+

६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

करिब १९ अर्ब नवीकरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १४:१४

१ जेठ, काठमाडौं । नेपाल सरकारले ट्रेजरी बिल मार्फत ६ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १ जेठ सोमबार कुल २४ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये १८ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने तथा ६ अर्बको ट्रेजरी बिल मार्फत थप आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । ९१ दिन अवधिको ट्रेजरी बिल मार्फत ६ अर्ब रुपैयाँ नयाँ ऋण परिचालन गर्न लागिएको नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

यस्तै २८ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल, ९१ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको, १८२ दिन अवधिको ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको र ३६४ दिन अवधिको १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी बलि नवीकरण हुने केन्द्रीय बैंकले जनाएको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?