+
+

हरेक क्षेत्रमा आमूल सुधार चाहिएको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १ गते १४:१६

१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा फड्को हान्ने गरी काम नगरे आम नागरिकको अवस्थामा परिवर्तन नहुने बताएका छन् ।

सोमबार पार्टी निकट निजामती कर्मचारी संगठनको कार्यक्रममा उनले अब सामान्य सुधारले मात्र नपुग्ने भन्दै आमूल सुधार आवश्यक पर्ने बताए । ‘हरेक क्षेत्रमा रेडिकल रिफर्म भन्न मन पराउँछु म, आमूल सुधार, सामान्य सुधार होइन’ उनले भने, ‘संरचनात्मक रुपान्तरणको आवश्यकता देखिएको छ।’

राजनीतिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि भए पनि त्यसै अनुसार नागरिकको आर्थिक र सामाजिक रुपान्तरण हुन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए । ‘यसले जनतामा निराशा पैदा भएको साँचो हो । हामीले व्यवस्था बदले पनि अवस्था बदल्न केन्द्रित हुन सकेनौं । यसका लागि सबै क्षेत्रमा फड्को मार्ने किसिमले काम नगरी आम नागरिकको अवस्थामा परिवर्तन हुने देखिएको छैन’ उनले भने ।

यस वर्षको बजेटबाट प्रभावकारी हुन नसकेका कार्यक्रम खारेज गरेर नयाँ कार्यक्रम ल्याउने पनि प्रचण्डले बताए । आगामी दिनमा लगानी र आर्थिक क्रियाकलाप बढ्ने भन्दै उनले आउँदो शरद ऋतुमा पर्यटन क्षेत्र कोरोना महामारी अगाडिको अवस्थामा फर्किने दाबी पनि गरे ।

नेपालको बैंकिङ क्षेत्रले ठूलो मात्रामा पूँजी परिचालन गरे पनि त्यस अनुसार रोजगारी र प्रतिफल भने दिन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए । बैंकिङ क्षेत्र सीमित समुदायले मात्र उपयोग गरिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?