+
+

मदन भण्डारीको स्मृतिमा फुटसल प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १३:३०

३ जेठ, काठमाडौं । मदन भण्डारी स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिवि कमिटीको आयोजनामा अन्तर विभागीय फुटसल प्रतियोगिता बुधबार सुरु भएको छ ।

बुधबार विहान मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिताका खेलहरु कीर्तिपुरको कुनगर फुटसल ग्राउण्डमा सञ्चालन हुने आयोजक संस्थाका मदन विष्टले जानकारी दिए ।

जेठ ५ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषतर्फको बिजेताले ४० हजार र उपबिजेताले २० हजार र महिलातर्फको बिजेताले २० हजार र उपबिजेताले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १४ टिम सहभागी छन् ।

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको दुर्घटनामा निधन भएको थियो । नेता भण्डारीको स्मृतिमा यो प्रतियोगिता गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?