+
+

खतरनाक एक्सन समेटिएको टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल-७’ को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १२:२१

काठमाडौं । हलिउड स्टुडियो प्यारामाउण्ट पिक्चर्सले टम क्रुज स्टारर प्रतीक्षित फिल्म ‘मिसन इम्पोबिसल : डेड रेकोनिङ पार्ट वान’को ट्रेलर सार्वजनिक गरेको छ । ‘मिसन इम्पोसिबल’को यो सातौं श्रृंखला हो । फिल्ममा उनले जासूसी निकाय आईएमएफ एजेन्ट इथान हन्टको भूमिका निर्वाह गरेका छन् ।

दुई मिनेट २७ सेकेण्ड लामो ट्रेलरमा पुनः एकपटक अभिनेता क्रुजले ज्यानको बाजी थापेर खतरनाक एक्सन दृश्य पस्किएका छन् । फिल्ममा क्रुजसहित भिंग रहमिज, रेविका फर्गुसन, हेनरी जर्नी, भेनिसा किर्वी, फ्रेडरिक स्किमिडले अभिनय गरेका छन् । ‘डेड रेकोनिङ’को यो पहिलो श्रृंखला हो, जसमा क्रुजले चट्टानमाथि मोटरसाइकल कुदाएको र हामफालेको दृश्य समावेश छन् ।

सन् १९९६ मा सुरु भएयता प्यारामाउन्ट पिक्चर्सको मिसन इम्पोसिबल सिरिजका फिल्मले बक्सअफिसमा ३.५ बिलियन डलरभन्दा बढी कमाएका छन् । २००६ को ‘मिसन इम्पोसिबल ३’ ले श्रृंखलामा सबैभन्दा न्यून ३९८ मिलियन डलर मात्र कमाएको थियो । त्यसपछि पनि अभिनेता क्रुजले सफलतापूर्वक श्रृंखलाको पुनरुत्थान गरे । ब्लकबस्टर मनोरञ्जनमा यतिबेला मिसन इम्पोसिबलले सबैभन्दा भरपर्दो नाम कायम राखेको छ ।

‘डेड रेकनिङ पार्ट वन’लाई क्रिस्टोफर म्याकक्वेरीले लेखन तथा निर्देशन गरेका हुन् । यसअघि उनले ‘रग नेसन’ र ‘फलआउट’ निर्देशन गरेका थिए । ‘डेड रेकनिङ पार्ट टु’ २८ जुन २०२४ मा रिलिज हुनेछ । सो फिल्म इथान हन्टको रूपमा क्रुजको अन्तिम फिल्म हुने अपेक्षा गरिएको छ ।

‘डेड रेकोनिङ पार्ट वान’ अर्थात् मिसन इम्पोसिबल-७ आगामी १२ जुलाई (असार २७) मा नेपाल र भारतमा प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?