+
+

इंग्लिस फुटबलर इभान टोनीलाई ८ महिना प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १२:५३

४ जेठ, काठमाडौं । ब्रेन्टफोर्डका स्ट्राइकर इभान टोनीले फुटबल एसोसिएसन (एफए)को सट्टेबाजी नियम तोडेको स्वीकार गरेपछि आठ महिनाको लागि फुटबलबाट प्रतिबन्धमा परेका छन् ।

यस्तै टोनीलाई ५० हजार पाउण्ड जरिवाना समेत लगाइएको छ र एफएको सट्टेबाजी नियमहरूको २३२ उल्लङ्घनको लागि उनको भविष्यको आचरणको बारेमा चेतावनी समेत दिइएको छ ।

टोनीको निलम्बन तत्कालै सुरु हुनेछ र सेप्टेम्बर १७ मा सकिनेछ । निलम्बन सकिनु चार महिनाअघि उनी ब्रेन्टफोर्डको प्रशिक्षणमा फर्कने सक्नेछन् ।

२७ वर्षीय टोनीले १७ जनवरी २०२४ सम्म फुटबल खेल्न पाउनेछैनन् ।

टोनीले आफ्नो इन्स्टाग्राम पोस्ट गर्दै यस निर्णयमा आफू स्वभाविक रूपमा निराश रहेको बताएका छन् । उनले स्वतन्त्र नियामक आयोगले यसको लिखित कारणहरू प्रकाशित नगरेसम्म यस विषयमा थप टिप्पणी नगर्ने बताए ।

टोनीले अब अर्को सिजन आफूलाई मनपर्ने खेल खेल्न फर्कने कुरामा केन्द्रित हुने पनि बताएका छन् । स्वतन्त्र नियामक आयोगले व्यक्तिगत सुनुवाइ पछि टोनीलाई प्रतिबन्धहरू लगाएको एफएले विज्ञप्तिमार्फत जनाएको छ ।

‘यी प्रतिबन्धहरूको लागि स्वतन्त्र नियामक आयोगको लिखित कारणहरू समयमै प्रकाशित गरिनेछ, र एफएले थप टिप्पणी गर्नु अघि तिनीहरूलाई समीक्षा गर्न पर्खनेछ’, २५ फेब्रुअरी २०१७ र २३ जनवरी २०२१ को बीचमा भएको उल्लङ्घनहरूका लागि टोनीलाई दोषी देखाइएको छ ।

जुन समयमा टोनीले स्कन्थोर्प युनाइटेड, विगन एथलेटिक, पिटरबरो युनाइटेड र ब्रेन्टफोर्डको प्रतिनिधित्व गरेका थिए ।

टोनीले यो सिजन प्रिमियर लिगका ३३ खेलमा २० गोल गरेका छन् ।

जसले ब्रेन्टफोर्डलाई तालिकाको नवौं स्थानमा रहन मद्दत गरेको छ ।

टोनीले प्रतिवन्धपछि टोटनहम र म्यानचेष्टर सिटी विरुद्ध प्रिमियर लिगको खेल गुमाउनेछन् ।

टोनीको क्लब ब्रेन्टफोर्डले एफएको निर्णयलाई ध्यान दिएको र यस विषयमा अर्को कदम चाल्नुअघि लिखित कारणहरूको प्रकाशनको पर्खाइमा रहेको बताएको छ ।

उनले इंग्ल्याण्डको टोलीबाट एउटा मात्र अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?