
६ जेठ, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले क्लबले आफूलाई निरन्तरता दिने बताएका छन् ।
एन्सेलोटी ब्रजिलको प्रशिक्षकका लागि सम्वादमा छन्, तर रियल मड्रिडसँग पनि सम्झौता अवधि बाँकी नै छ । ‘मेरो अवस्था के छ भन्ने सबैलाई थाहा छ’, उनले भने, ‘२०२४ को सिजनसम्म मेरो सम्झौता छ र म क्लबमै रहन चाहन्छु ।’
क्लबले पनि निरन्तरता दिने सुनिश्चित गरेको हो भन्ने प्रश्नमा उनले हो भनेका छन् ।
इटालियन एन्सेलोटी २०१३–१५ सम्म दुई सिजन स्पेनिस जाइन्टको प्रशिक्षक थिए, तर च्याम्पियन्स लिग जितेको अर्को वर्ष क्लब छाडे । पछिल्लो पटक जुन २०२१ मा एभर्टन छाडेपछि उनी फेरि रियल मड्रिड फर्किएका थिए । उनले गत सिजन क्लबलाई च्याम्पियन्स लिग र ला लिगा दुबै जिताए ।
यो सिजन भने च्याम्पियन्स लिगको सेमिफाइनलबाट म्यानचेष्टर सिटीसँग पराजित भयो भने ला लिगामा बार्सिलोना, जसले चार खेल अगाडि नै उपाधि पक्का गरेको छ, ऊ भन्दा १४ अंकले पछाडि रह्यो । यद्यपि रियल मड्रिडले यूईएफए सुपर कप, फिफा वर्ल्डकप र कोपा डेल रे को उपाधि भने जितिसकेको छ
आइतबार भ्यालेन्सियासँग खेल्नु अघिल्लो दिन रियल मड्रिडका प्रशिक्षक एन्सेलोटीले भने, ‘ला लिगामा सन्तुष्ट छैनौं, अरु प्रतियोगितामा भने हामीले प्रतिस्पर्धा गर्यौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4