+
+

बागमतीमा मन्त्रालय १०, मन्त्री ११

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १९:५१

७ जेठ, काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेर १२ सदस्यीय बनाएका छन् । आइतबार कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद १२ सदस्यीय पुगेको हो ।

मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकीकृत समाजवादीका २ जना मन्त्री सहभागी छन् । मन्त्रालय संख्या ११ मात्र रहेकाले कांग्रेसका रामकृष्ण चित्रकारको मन्त्रालय तोकिएको छैन ।

‘कांग्रेस र माओवादी केन्द्रले लिएकोमध्ये एउटा मन्त्रालय विभाजन हुन्छ, तर अहिले नै टुंगो छैन’ सत्तारुढ गठबन्धनका एक नेताले भने । उनका अनुसार मन्त्रालय विभाजनबारे बजेटपछि मात्र छलफल हुनेछ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउने प्रचलन छ ।

बागमती मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री छन् भने तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री छन् । त्यस्तै आइतबार नै मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री जम्कट्टेल, गंगा श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, कुमारी मुक्तान सामाजिक विकास र युवराज दुलाल भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री बनेका छन् भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंंक्षी विकास मन्त्री बनेका छन् ।

बागमतीमा २०७९ को पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि १३ फागुनमा राप्रपा र १० चैतमा नेकपा एमालेले सरकार छाडेको थियो ।

त्यसपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?